त्रिविका उपकुलपति अर्यालको कार्यकक्षमा अखिल क्रान्तिकारीको रिले अनसन सुरु

काठमाडौं । मओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा रिले अनसन सुरु गरेको छ ।
१७ दिनदेखि उपकुलपति अर्यालको कार्यकक्षमा धर्ना दिइरहेको अखिल क्रान्तिकारीले रिले अनसन पनि सुरु गरेको हो।
चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभेर पनि शुल्क नघटाइएको भन्दै उनीहरुले यो धर्ना र अनसनलाई शुल्क शोषणविरुद्ध भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । तर शुल्क भने पुरानै शैलीमा उठाएकाले घटाउन माग गर्दै विद्यार्थीले धर्ना दिएका हुन् ।विद्यार्थी लामो समयदेखि धर्नामा बसेपनि त्रिवि पदाधिकारीले वार्तामा बोलाएका छैनन् । उपकुलपति अर्याल कार्यालय आउनै छोडेका छन् ।
Facebook Comments