प्रधानमन्त्री ओली चीन जाँदै, एससीओ सम्मेलनमा सहभागी हुने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जाने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार, सम्मेलन भदौ १५ र १६ गते बेइजिङमा आयोजना हुँदैछ ।
यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य राष्ट्र तथा सरकार प्रमुखहरूको पनि सहभागिता रहनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
क्षेत्रीय स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००१ मा स्थापित एससीओको १० वटा सदस्य राष्ट्र छन् । नेपाल सन् २०२० देखि यसको संवाद साझेदार बनेको हो र नेपालबाट उच्चस्तरीय सहभागिता हुन लागेको यो पहिलोपटक हो । सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षाका विषयमा छलफल हुनेछ ।
Facebook Comments