शहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ward-office.jpg

कैलाली । डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले शहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको छ । वडा कार्यालयले कैलाली जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको हो ।

शिविरमार्फत ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र ‘बायोमेट्रिक’ विधिबाट नवीकरण गर्ने काम भइरहेको वडा सचिव विनोद रजवारले जानकारी दिए । उनले साउन २९ र ३० गते दुई दिन कैलालीको धनगढीमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरिएको जानकारी दिए । उक्त शिवरमा ६० ज्येष्ठ नागरिक लाभग्राहीको बायोमेट्रिक विधिबाट सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको थियो । 

उनले भने, “सडक बिग्रिएको छ । गाउँसम्म जान वृद्धवृद्धालाई अप्ठ्यारो छ । त्यसैले जहाँ बस्नुभएको छ, त्यहीँ सेवा दिन थालेका हौँ ।” त्यस्तै, यही भदौ २ गते कैलालीको अत्तरियामा शिविर सञ्चालन गरिने वडा सचिव रजवारले जानकारी दिए । शिविर गाउँपालिकाको पञ्जीकरण शाखाको सहजीकरणमा सञ्चालन भइरहेको छ । वडा कार्यालयको कार्यले ज्येष्ठ नागरिकलाई सहज भएको छ ।  


Facebook Comments