ढल्केवर–जनकपुर–जटही सडकमा विद्युतीकरण

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sadak light.PNG

जनकपुरधाम । ढल्केवर– जनकपुर–जटही ३५ किलोमिटर सडकमा रु चार करोड ३८ लाख ८९ हजारको लागतमा विद्युतीकरण भएको छ । 

सडक डिभिजन कार्यालयले सडकका दुवै किनारमा  खम्बा गाड्नका साथै सौर्य प्यानल जडान गरी अन्य विद्युतीय उपकरण जडान गरेको हो । सडक किनार विद्युतीकरणबाट वटुवालाई राति हिँडडुल गर्न सहज भएको छ । 

 सडक विद्युतीकरण आयोजना पूरा भएकामा कार्यालयलाई धन्यवाद दिँदै नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव रघुवीर महासेठले सडक सुरक्षा तथा पूर्वाधार निर्माणका निम्ति सरकारले प्राथमिकता दिएको बताए । 

सडक डिभिजन कार्यालयका प्रमुख दरोगा साहले ढल्लकेवर –जनकपुरधाम –जटहीसडक खण्डमा ‘फ्लाई ओभर’ निर्माणको योजना रहेको समेत जानकारी दिए। 


Facebook Comments