विपिनकी आमा र बहीनी भेटेपछि प्रधानमन्त्रीले लेखे–विपिनको रिहाइका लागि कुनै कसर बाँकी राखेका छैनौं

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bipin joshi aama.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले भेट गरेका छन् । विपिनको रिहाइको माग गर्दै इजरायल पुगेर फर्किएका उनीहरुले शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरी विपिनको रिहाइका लागि अपिल गरेका थिए । भेटमा त्यसबारे उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले पनि विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । विपिनकी आमा र बहिनीसँग भेटेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो। विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो। विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन।


Facebook Comments