पहिरोबाट ताप्लेजुङको होक्मा गाउँका ६ घर उच्च जोखिममा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiro road jaypritivi rajamagr  (2).jpg

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिराका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन् ।

 स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिराले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टङ्क भण्डारीको घर समेत जोखिममा रहेका छ ।

चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ । पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गइ बसेको छ । अन्य घर परिवार समेत सुरक्षित ठाउँमा छन् । अहिले वर्षा नभए पनि समय समयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।


Facebook Comments