बागलुङमा बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र


ढोरपाटन । आइतबार राति आएको भीषण बाढीका कारण बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको यो आयोजनाअन्तर्गतको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा बन्द भएको छ ।
अहिले बिहानसम्म पनि सडक खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिएका छन् । सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट काठमाडौं र पोखरातर्फ जाने तथा बुर्तिबाङबाट रुकुम र रोल्पातर्फ जाने सयौँ सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।
पौडेलका अनुसार, बाढीले लोकमार्गलाई पूरै बगरमा परिणत गरिदिएको छ । सडक खुलाउनका लागि मेसिनहरू मगाइएको छ र कम्तीमा एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
Facebook Comments