संविधानले कसैलाई पार्टीमा निषेध गरेको छैन : उपाध्यक्ष पाण्डे


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको संविधानले कुनै पनि व्यक्तिलाई पार्टीमा निषेध नगरेको बताएका छन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि कुनै पार्टीको सदस्य हुनबाट रोक्न संविधानले बन्देज नलगाएको दाबी गरे ।
सोमबार काठमाडौंमा भएको ’एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तर–संवाद कार्यक्रममा बोल्दै पाण्डेले संविधानले तीन अवस्थामा मात्रै पदमा बहाल व्यक्तिले पार्टीको सदस्यता त्याग्नुपर्ने व्यवस्था गरेको बताए ।
उपाध्यक्ष पाण्डेले भने, ‘संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर रोक्न मिल्छ र? प्रजातान्त्रिक अधिकारको उल्लङ्घन कुनै पनि प्रजातान्त्रिक पार्टीले गर्न मिल्दैन ।’
उनले कुनै व्यक्ति पार्टीको सदस्य हुँदैमा अध्यक्ष भइहाल्ने नहुने भन्दै विधान महाधिवेशनमा यस विषयलाई उठाउने बताए ।
Facebook Comments