त्रिविले सार्‍यो स्नातक तह दोस्रो वर्षको परीक्षा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Tribhuwan-University.jpg

काठमाडौं । जेनजी समूहको प्रदर्शनको कारण त्रिभुवन विश्वविद्यालयले स्नतक तहको परीक्षा स्थगित गरेको छ। यही २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये भदौ २४, २५ र २६ का लागि तय गरिएका परीक्षा स्थगित गरिएको हो। 

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले देशमा उत्पन्न आकस्मिक असहज परिस्थिति भन्दै परीक्षा स्थगित गरेको हो। स्थगित परीक्षाहरु असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ। 


 


Facebook Comments