जिल्ला अदालत काठमाडौंमा पनि आगजनी


काठमाडौं । ’जेनजी’ आन्दोलनकारीहरूले आज जिल्ला अदालत काठमाडौंमा आगजनी गरेका छन् ।
उग्र प्रदर्शनमा उत्रिएका उनीहरूले अदालतका महत्त्वपूर्ण दस्तावेज र कागजातहरू सडकमै फालेर जलाएका हुन् ।
सिंहदरबार र सर्वोच्च अदालतपछि सरकारी संरचनामाथि भएको यो अर्को ठूलो आक्रमण हो ।
प्रदर्शनकारीहरू बिहानैदेखि शीर्ष नेताका घर, कार्यालय, प्रहरी चौकी र संसद् भवनलगायतका स्थानमा तोडफोड र आगजनी गरिरहेका छन् ।
Facebook Comments