इजरायलले गर्यो कतारको दोहामा आक्रमण


काठमाडौं । इजरायलले कतारको राजधानी दोहामा आक्रमण गरेको छ। हमास नेतालाई लक्षित गरी हमला गरेको अलजजीराले जनाएको छ । दोहाका विभिन्न स्थानमा बिष्फोटका आवाज सुनिएका छन्।
तर हमास नेताहरु बाँच्न सफल भएको बताइएको छ । कतारले इजरायलको आक्रमणलाई कायरतापूर्ण कार्य भन्दै निन्दा गरेको छ । इजरायल डिफेन्स फोर्सले बक्तव्य जारी गरी हमासका ती नेताले आतंकवादी गतिविधि गरिरहेकाले यो हमला गरिएको जनाएको छ।
Facebook Comments