परिस्थिति असामान्य छ, नयाँ ढंगले सोचौँ : जनार्दन शर्मा
No Author Assigned | २०८२ भदौ २५ गते ०४:५५
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले देशको वर्तमान असामान्य परिस्थितिलाई मध्यनजर गर्दै नयाँ ढंगले सोच्न सबैलाई आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “अहिले नै समीक्षा गरिहाल्ने अवस्था नहोला, परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पूरा गर्न सम्भव हुँदैन। तसर्थ साथीहरू बिल्कुल नयाँ ढंगले सोचौँ।“
Facebook Comments