डडेल्धुराको नवदुर्गा गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा आगजनी

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा आगजनी भएको छ । बुधवार राति ११ बजेतिर अज्ञात समुहले वडा कार्यालयमा आगो लगाएको हो ।
आगलागीबाट कार्यालयका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री जलेर नष्ट भएका छन्। आगजनी कसले गरेको हो भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको वडा अध्यक्ष प्रेम सिंह ऐरले बताए ।
आगलागि बारे सुरक्षा निकायलाई जानकारी गराएको वडा कार्यालयले जनाएको छ ।
Facebook Comments