मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c52dd01a6e7.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि आन्तरिक छलफलमा जुटेकी छन् ।

स्रोतका अनुसार, आजै मन्त्रीहरूको नामावली टुंगो लगाएर आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी भइरहेको छ ।

उनी अहिले आफ्ना सहयोगीहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेकी जनाइएको छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।


Facebook Comments