रास्वपाले भन्यो– राष्ट्रिय हित र एकता प्रवर्द्धन गर्न सहयोगी भूमिकामा रहनेछौँ

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp party.JPG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय हित, एकता र सौहार्द्रता प्रवर्द्धनमा सहयोगी भूमिकामा रहने जनाएको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले आज एक विज्ञप्ति जारी गरी अन्तरिम सरकारसँगको अपेक्षा स्मरण गराउँदै घोषित लक्ष्यहरूबाट नवगठित सरकार च्यूत भए प्रतिरोध हुने स्पष्ट रहेको बताएको छ । “घोषित लक्ष्यहरूबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहाद्र्रताको प्रवर्द्धनमा आफूहरू सहयोगी भूमिकामा रहनेछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

‘जेनजी’ आन्दोलनबाट मुलुकले प्रथम महिला प्रधानमन्त्री प्राप्त गरेकामा पार्टीको समर्थन रहे पनि संविधान पालनाको कोणबाट प्रश्न उठेको रास्वपाले उल्लेख गरेको छ । यस्तै, अन्तरिम सरकारबाट आगामी फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा गरिएको छ । 

शान्तिपूर्ण सत्ता–हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्बाध उपभोग, विधिमा बाँधिएको असल शासनअनुरूप चरम भ्रष्टाचार र दण्डहिनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तरराष्ट्रिय सम्बन्ध एवं द्रूत गतिमा विकासको अपेक्षा रहेको विज्ञप्तिमा जनाइएको छ ।  


Facebook Comments