‘जेन–जी’ आन्दोलनमा भागेका कैदीबन्दीलाई आत्मसमर्पण गर्न बझाङ कारागारको आग्रह

User Image डीबी विष्ट | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c59f8c8c431.jpg

बझाङ । बझाङ कारागारले ‘जेन–जी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । कारागार कार्यालयले कैदीबन्दीलाई कानूनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न आग्रह गर्दै तुरुन्त सम्पर्कमा नआउनेहरुलाई पक्राउ गरिने चेतावनी दिएको छ ।

कुल ८५ जना कैदीबन्दी  रहेको ‘जिल्ला कारागार बझाङबाट ६५ जना कैदीबन्दीहरू भागेका थिए । फरार भएकामध्ये प्रहरीले २३ जनालाई पक्राउ गरेको छ भने ७ जना आफैँ सम्पर्कमा आएको बताइएको छ ।

अझै ४२ जना कैदीबन्दीहरू फरार छन् । फरार कैदीबन्दीहरुलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए । 


Facebook Comments