काठमाडौं महानगरका विद्यालय आजदेखि खुल्ने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c54c6ddb4ef.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालयमा पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापन पक्षलाई आग्रह गरेको छ।

महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गरी विद्यालयमा कुनै क्षति भए नभएको यकिन गर्न र अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न पनि भनेको छ ।  

महानगरले सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्यदृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।


Facebook Comments