मन्त्रीहरु ओमप्रकाश, रामेश्वर र कुलमानद्वारा भग्नावशेष बनेको सङ्घीय संसद् भवनको अनुगमन


काठमाडौं। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आगजनीबाट क्षतिग्रस्त बनेको सङ्घीय संसद् भवनको अनुगमन गरेका छन् ।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको सङ्घीय संसद् भवनको मन्त्रीहरूले आज अनुगमन गरेका हुन् ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते जेनजी प्रदर्शन भएको थियो । पहिलो दिनको प्रदर्शनका क्रममा संसदभवन अगाडि आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । भदाै २४ गते प्रदर्शन उग्र बन्यो । सोही दिन प्रदर्शनकारीहरु संसद भवन पसेर तोडफोड र आगजनी गरेका थिए ।
Facebook Comments