संघीय संसदको बैठक सिंहदरबारभित्रै नयाँ भवनमा बस्ने
क्षतिग्रस्त बानेश्वरको संसद भवन पुरानै स्वरुपमा निर्माण गरिने


काठमाडौं । अब संघीय संसदको बैठक सिंहदरबारभित्रै निर्माण सम्पन्न हुने क्रममा रहेको भवनबाट सञ्चालन हुने भएको छ ।
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको बानेश्वस्थित संघीय संसद भवनको अवलोकन गर्दै नवनियुक्त मन्त्रीहरुले अबको संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने जानकारी दिएका हुन् ।
ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने भएकाले सोही भवनबाट बैठक सञ्चालन गर्ने जानकारी दिए । उनले बानेश्वरको भवन पनि पुरानै स्वरुपमा निर्माण गर्ने बताए ।
संघीय संसदका दुवै सदनको बैठक चल्दै आएको बीआईसीसी सम्मेलन केन्द्रमा गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएको थियो ।
Facebook Comments