जनमत पार्टीमा विवाद: सीके राउतलाई अध्यक्षबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cab5b59052d.jpg

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहितका नेताहरूले अध्यक्ष डा. सीके राउतलाई पदबाट स्वेच्छिक राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सी.के. सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमसहितका नेताहरूले अल्टिमेटम दिएका हुन् ।

साथै उनीहरुले संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई पनि पदबाट राजीनामा दिन माग माग गरेका छन् । जयकान्त राउत सीके राउतको सहोदर दाजु हुन् । 

जेनजीको आन्दोलनले देशभर राजनीतिक भू–परिदृश्यमा नयाँ मोड ल्याएको उल्लेख गर्दै नेताहरूले पार्टीभित्र समेत शुद्धीकरण आवश्यक भएको बताएका छन् ।

पछिल्ला दिनमा देखिएको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीत गतिविधिका कारण पार्टी आफ्नो मूल उद्देश्यअनुरूप अघि बढ्न नसकेको उनीहरुको ठहर छ । 


Facebook Comments