आगजनीबाट क्षतिग्रस्त सरकारी संरचनाको प्राविधिक परीक्षण कार्य आजबाट सुरु


काठमाडौं। आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाको प्राविधिक परीक्षण गर्न सुरु गरिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति भएका संरचनाको आजदेखि सरसफाइका साथै प्राविधिक परीक्षण सुरु गरिएको हो।
आज रामशाहपथस्थीत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरसफाइ एवं संरचनाको प्राविधिक परीक्षण गरिएको छ । परीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एसोसिएसनले जनाएको छ ।
आगलागीबाट क्षति पुगेको भवनमध्ये सिंहदरबारभित्रका केही भवन पुनः प्रयोग गर्न सकिने र केही भवन भने जोखिमपूर्ण रहेको बताइएको छ ।
Facebook Comments