रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Rastriya-Swatantra-Party-of-nepal.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा दिउँसो १ बजेदेखि बैठक बस्न लागेको हो । 

हिजोबाट सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ ।

यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए । पार्टी संगठन एवं विभागबारे र केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना रहेको पनि उनले जानकारी दिए । 


Facebook Comments