जेन–जी आन्दोलन हाइज्याक भयो, यो व्यवस्थाले भ्रष्टाचार अन्त्य हुँदैन : कमल थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलनलाई देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको गम्भीर आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले युवाहरूले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलन गरेको भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘व्यवस्था जोगाएँ’ भन्नुले आन्दोलन विषयान्तर भएको प्रमाणित हुने टिप्पणी गरे ।
थापाले अहिलेको संवैधानिक व्यवस्था, शासकीय प्रणाली र निर्वाचन प्रणाली मार्फत अघि बढे जेन–जी आन्दोलनको कुनै अर्थ नरहने दाबी गरे ।
भ्रष्टाचारको मूल जड नै यो व्यवस्था भएको भन्दै उनले यथास्थितिमा गरिने चुनावले पुनः अप्राकृतिक गठबन्धन र अराजकता निम्त्याउने चेतावनी दिए ।
Facebook Comments