सूचनाको हक कार्यान्वयनका लागि काम गर्ने मन्त्री खरेलको प्रतिबद्धता
मेयरसाप डेस्क
|
२०८२ असोज १० गते ०९:२४
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हक (आरटिआई) को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खरेलले सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरण गर्न सकिने भएकाले यसको व्यावहारिक कार्यान्वयनमा जोड दिने बताएका हुन् ।
महासङ्घले ध्यानाकर्षण पत्रमार्फत राष्ट्रिय सूचना आयोगका पदाधिकारीको पुनरावलोकन, नागरिकलाई सहज र छिटो सूचना उपलब्ध गराउने व्यवस्था लागू गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणका लागि ठोस् कार्ययोजना ल्याउनुपर्ने माग गरेको छ ।
महासङ्घले जेनजीको विश्वास जित्ने सुशासनका कार्यक्रम ल्याउन र सचेत नागरिकले सहज रूपमा सूचना माग्ने र पाउने नीतिगत व्यवस्था गर्न पनि जोड दिएको छ ।
Facebook Comments