प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने भएकी छन् । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेको तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बडादशैंको मुख्य दिन आज आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । आज बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
Facebook Comments