सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता र सुनुवाइ हुने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/supreme-cort.jpg

काठमाडौं ।  सर्वोच्च अदालतले आजदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । जोनजी अन्दोलनमा तोडफोड तथा आगजनीका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू सर्वाेच्चले आजबाट आंशिक रूपमा सुचारु गर्न लागेको हो ।  

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू आजदेखि दर्ता एवं सुनुवाइ हुने हुनेछ । यसअघि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेको थियो ।  

सर्वोच्च अदालतको आइतबार बसेको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते सर्वोच्च अदालत भवनमा आगजनी हुँदा अधिकांश मुद्दाका मिसिल र पुराना कागजात जलेर खरानी भएका थिए । त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ । 


Facebook Comments