जिल्ला अदालत काठमाडौंमा पूर्व सभामुख महरासँग बयान लिन सुरु

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ece1aeb1baa.jpg

काठमाडौं। काठमाडौँ जिल्ला अदालतमा पूर्व सभामुख कृष्ण बहादुर महराको बयान लिन सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बयान सुरु भएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गरेको महराविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौँले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गरेको थियो । महराविरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ ।

२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ । 


Facebook Comments