राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित चाँदीको मेडालियन मात्र वितरण गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ । सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो ।
राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो ।
महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ ।
खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर जान महाशाखाले अनुरोध गरेको छ ।
Facebook Comments