पूर्णबहादुर खड्काले पाए कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

असोज ३० गते दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ee1c97c9aaa.jpg

ललितपुर । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य समस्याका कारण आफू उपस्थित हुन नसक्ने कारण देखाउँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।

बैठकको सुरुआतमा सभापति देउवाले सम्बोधन गरेपश्चात् यही असोज ३० गते दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ । बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एवम् आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । 


Facebook Comments