सुनको मूल्य निरन्तर उकालो लाग्दै, आज २ लाख ५० हजार नाघ्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड ब्रेक बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
Facebook Comments