हङकङमा रनवेबाट चिप्लिएर समुद्रमा खस्यो विमान


काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ बजेर ४० मिनेटमा विमान दुर्घटना भएको बताइएको छ ।
हङकङ एमिरेट्सको फ्लाइट ईके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। उनीहरू ग्राउन्ड स्टाफ थिए।
उनीहरूको गाडीसँग ठोकिँदै विमान चिप्लिएर समुद्रमा खसेको बीबीसीले जनाएको छ । जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन्। उनीहरूलाई अस्पताल लगिएको छ।
Facebook Comments