जलेको घरबाटै सार्वजनिक भए दीपक खड्का, भन्छन्–झिनामसिना कुराले मलाई छुँदैन, म डराउँदिनँ

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f5bcc83aa8e.PNG

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्का जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागेको दाबी गरेकै भोलिपल्ट सोमबार खड्का आफ्नो जलेकै निवासबाट सार्वजनिक भएका हुन् । 

सोमबार आफ्नो निवास परिसरमा पत्रकार सम्मेलन गरेर खड्काले आफूलाई झिनामसिना कुराले नछुने भन्दै वर्तमान सरकारसँग नडराउने चेतावनी समेत दिए । उनले भने, ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’


उनले जेनजी आन्दोलनका बेला आफू घरमै भएको र आफ्ना अंगरक्षकले सुरक्षित बाहिर निकालेको बताए । उनी आफ्नो घरमा तोडफोड हुन थालेपछि छिमेकीको घरमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको समेत जानकारी गराए । खड्काले भने, ‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ’, खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ–ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरुले बाहिर निकाल्नुभयो ।’

 

 


Facebook Comments