बहुविवाहमा अदालतबाट दोषी ठहर भएका एमाले नेता पासाङ शेर्पा पक्राउ

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/unblurimageai-pasang-sherpa-jctzdarsz8.png

काठमाडौं ।  नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । 

ताप्लेजुङका शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन् । उनीविरुद्ध बहुविवाहको मुद्दामा ३ वर्ष पहिले नै अदालतले दोषी ठहर गर्दै  एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई सजाय भुक्तानका लागि पक्राउ गरिएको भट्टराईले बताए। 
 
 


Facebook Comments