हेटौंडा उपमहानगरलाई महिलामैत्री र जलवायु प्रतिरोधी शहरको रूपमा विकास गरिने
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई महिलामैत्री र जलवायु प्रतिरोधी शहरको रूपमा विकास गरिने भएको छ । आज हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय ‘यसएनओपिएस’ बीच हेटौंडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरका रूपमा विकास गर्ने सम्झौता भएको हो ।
‘सिटीज फर वुमन नेपालः समावेशी र जलवायु प्रतिरोधी सहरीकरण’परियोजनाअन्तर्गत भएको सम्झौताअनुसार ‘यसएनओपिएस’ले हेटौँडा उपमहानगरपालिकालाई एक लाख ८४ हजार अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने समझदारी भएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । सम्झौताले समावेशी र जलवायु प्रतिरोधी सहर विकासमा टेवा पुग्ने गरी स्थानीय सरकारका योजना निर्माणमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले पनि परियोजनाअन्तर्गतको रकमको ३० देखि ५० प्रतिशत लागत साझेदारी गर्ने सम्झौतामा उल्लेख छ । तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण सिर्जना भएका चुनौतीको सामना गर्नु ‘सिटीज फर वुमन’ परियोजनाको मुख्य उद्देश्य रहेको त्यस अवसरमा जानकारी दिइयो ।
Facebook Comments