कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
मेयरसाप डेस्क
|
एक दिन अगाडि
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
Facebook Comments