प्रभु बैंकको केन्द्रीय कार्यालयमा सिआइबीको छापा, महत्वपूर्ण कागजपत्र नियन्त्रणमा
फाइलमाथि छानविन शुरू
मेयरसाप डेस्क
|
एक दिन अगाडि
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको छ। सीआईबीले शुक्रबार दिउँसो साढे २ बजेदेखि राति साढे १० बजेसम्म बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको हो ।
खानतलासीबाट दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको सिआइबीले जनाएको छ । नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर ती फाइलमाथि छानविन शुरू भएको समेत सिआइबीले जनाएको छ ।
९८ करोड रुपैयाँ ठगी भएको भनी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाद्वारा दायर जाहेरीका आधारमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए । उनीमाथि ठगी, आपराधिक विश्वासघात, र नेपाल राष्ट्र बैंक ऐन बमोजिमका कसुरहरू गरेको आरोप लागेको छ।
१८ करोडको ठगीमा अन्य व्यक्तिको संलग्नता खुलेको र संगठित अपराधको मुद्दा पनि चल्ने भएको सिआइबी स्रोतले जनाएको छ ।
Facebook Comments