लगातार सर्यो रवि–छविको मुद्दा : आज पनि हेर्न नमिल्नेमा
न्यायाधीशको आफन्त कानुन व्यवसायी
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते १९:२५
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ ।
कार्तिक १३ गतेदेखि लगातार पेसी चढेको यो मुद्दा न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परे पनि न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण ‘हेर्न नमिल्ने’मा राखिएको अदालतले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको रु २ करोड ७४ लाख ८४ हजारको बिगो जमानत दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।
रविसहितका प्रतिवादीलाई सामूहिक रूपमा रु १० करोड ९९ लाख ३६ हजार बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । ललितपुरको नख्खु कारागारमा रहेका लामिछाने र भैरहवा कारागारमा रहेका जोशीको मुद्दाको सुनुवाइ निरन्तर सर्दै आएको छ ।
Facebook Comments