थाइल्यान्ड–कम्बोडिया सीमामा ९ जना थाई सैनिकको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २५ गते ०६:०२
Image of https://mayorsap.com/storage/photos/shares/cobodia-thailand_2.jpg

एजेन्सी । कम्बोडियासँग चलिरहेको सीमा ९ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बताएका छन ।

उनका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकहरूलाई विस्थापित गरे पछि उनीहरुले हाल  शरणार्थी शिविरहरूमा शरण लिएका छन् ।

पत्रकारहरुको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा  तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट गरिएको जनाउदै अहिलेसम्म ८४९ वटा शरणार्थीहरु शिविरहरू स्थापना गरिएको बताए ।

यसैबीच झडपमा लगभग २०० अस्पताल तथा क्लिनिकहरू प्रभावित भएको जनाइएको  छ ।

थाइल्यान्ड सेनाका क्षत्रिय कमान्डले बिहीबार सामाजिक सञ्जालको पोस्टमा कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानहरूमा गोलीबारी गर्दै झडप अझै जारी रहेको बताए ।


Facebook Comments