‘सरकार र जेन–जीबीचकाे सम्झौता कलाविहीन भद्दा नाटक’
वर्तमान सरकार गोबर लगाएर टाँसिएको नाग जस्तो
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते १९:२६
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेन–जी अगुवाहरूबीच भएको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिँदै त्यसको हिजै पटाक्षेप भएको टिप्पणी गरेका छन् ।
आज सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले वर्तमान सरकारसँग त्यस्तो सम्झौता गर्ने म्यान्डेट नै नभएको दाबी गरे ।
ओलीले भने, “जति कलाविहीनताका साथ नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ । यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन ।”
जेन–जी समूहले नै उक्त फजुल कागज अस्वीकार गरेको र च्यातिएको उल्लेख गर्दै उनले आफूले त्यस्ता फजुल कागजहरूलाई कुनै मान्यता नदिने बताए ।
ओलीले वर्तमान सरकारलाई नाग पञ्चमीमा गोबर लगाएर टाँसिएको नाग जस्तो भएको भन्दै कटाक्ष पनि गरे ।
Facebook Comments