लुम्बिनीविरुद्ध टस जितेर पहिले बलिङ गर्दै विराटनगर

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २५ गते २२:३६
Image of https://mayorsap.com/storage/photos/shares/lumbini-biratnagar.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा भएको खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

लुम्बिनी लायन्स इलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गर्दै यो चरणमा पुगेको हो ।

विराटनगर किंग्स भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो ।

यस खेलमा विजयी हुने टोलीले उपाधिका लागि शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।


Facebook Comments