Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपा सभापति लामिछाने आज महोत्तरीको बर्दिबास हुँदै सर्लाही आउने

User Image मेयरसाप डेस्क | २०८२ फागुन १३ गते ०९:०६
Image of https://mayorsap.com/storage/photos/shares/rabi_5.jpg

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का सभापति रवि लामिछाने आज सर्लाही आउने भएका छन् । रास्वपा नेता तथा सर्लाही-४ का उम्मेदवार डा.अमरेश कुमार सिंहले हिजो 'मंगलबार' नै सभापति लामिछाने भोलि सर्लाही–४ मा आउने जानकारी दिँदै सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहपूर्वक उपस्थित भई सभापति लामिछानेलाई स्वागत गर्न अनुरोध गरेका थिए ।

सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् । उनि दिउँसो २:१५ बजे सर्लाहीको लाल बन्दी आउने छन् । त्यसपछि बयल बास, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै साँझ ५:१० बजे रौतहटतर्फ जाने बताइएको छ ।

सभापति लामिछानेको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू स्वागत कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा जुटेका छन् ।

 


Facebook Comments