जडिबुटी व्यापारीलाई बन्धक बनाउने तीन जना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते १३:४२
काठमाडौं । काठमाडौंको टेकुस्थित एक होटलमा जडिबुटी व्यापारीलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१२ टेकुमा रहेको ’रोडलाइन प्यालेस होटल’को कोठा नम्बर १०५ मा जडिबुटी व्यापारी पूर्णबहादुर बोहरालाई बन्धक बनाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले छापा मारी बोहराको उद्धार गर्नुका साथै घटनामा संलग्न तीन अभियुक्तलाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार व्यापारी बोहरालाई होटलको कोठामा थुनेर राखिएको सूचनाका आधारमा टोली खटिएको थियो । पक्राउ परेका व्यक्तिहरूको पहिचान र उनीहरूले अपहरण गर्नुको उद्देश्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments