टी-२० विश्वकपमा आज दुई खेल हुँदै
मेयरसाप डेस्क
|
२०८२ फागुन १४ गते ०९:०३
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गतको सुपर ८ को खेलमा आज दुई खेल हुँदैछन् । भारतको अहमदावादमा दिउँसो सवा ३ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीच विजयी हुने टिम सेमिफाइनलमा पुग्नेछ ।
यस्तै, बेलुका सवा ७ बजेबाट सुरु हुने दोस्रो खेलमा भारत र जिम्बावे भिड्दै छन् । सुपर–८ अन्तर्गत समूह ‘एक’ का भारत र जिम्बावे अंकबिहीन छन् । आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ । त्यसैले आयोजक भारत र जिम्बावे दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ ।
Facebook Comments