Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

रास्वपाका पाँच जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ फागुन १४ गते ०९:१३
Image of https://mayorsap.com/storage/photos/shares/photo-8507c5d9.png

धनगढी । बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन् । चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले दिएको जानकारी अनुसार झडपमा परी डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी रहेका छन् ।

जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् । प्रहरीले रास्वपाका ५ जना कार्यकर्तालाई नियन्त्रणमा लगेको जनाएको छ ।


Facebook Comments