Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौं–५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलद्वारा उम्मेदवारी स्थगित, ईश्वर पोखरेललाई समर्थन

User Image मेयरसाप डेस्क | २०८२ फागुन १५ गते ०९:५१
Image of https://mayorsap.com/storage/photos/shares/uml.png

काठमाडौं । काठमाडौं क्षेत्र नं-५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्ने भएकी छन् । उनले शुक्रबार दिउँसो १ बजे सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमितिका प्रमुख डा. दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै नेपाल कम्युनिष्ट पार्टी 'एमाले' का तर्फबाट सोही क्षेत्रका उम्मेदवार ईश्वर पोखरेललाई समर्थन तथा ऐक्यबद्धता घोषणा गर्ने तयारी गरेकी हुन् ।

पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित एमालेका उम्मेदवारलाई समर्थन गर्न लागेकी श्रेष्ठले बताए । पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गरिने जनाइएको छ ।

 


Facebook Comments