मेयरसाप

विद्यालय

बाणगंगाले हटाउन थाल्यो अव्यवस्थित तरिकाले व्यापार गर्ने व्यवसायी

नटेरे सामान जफत गर्ने पालिकाको नीति

Mayorsap

आइत, कार्तिक ११, २०८१ | ११:३५ बजे

कपिलवस्तु, कात्तिक ११ः बाणगंगा नगरपालिकाले सडकपेटीमा व्यवसाय गर्ने व्यवसायीहरुलाई हटाउन थालेको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र चार नम्बरमा पालिकाकी उपमेयर रिताकुमारी चौधरीले नगरप्रहरीसहितको टोली लिएर सडक पेटी ओगटेर व्यापार गरेका व्यापारीहरुलाई हटाएकी थिइन्।

गएको ७ गतेबाट बजारको सडक पेटीमा व्यापार गर्ने, ठेलागाढामा व्यापार गर्ने र सटरको छेउछाउ च्यापेर व्यापार गर्ने व्यवसायीहरुलाई हटाउन सुरु गरेको उपमेयर चौधरीले जानकारी दिइन् । उपमेयर चौधरीले भनिन्, ‘धेरै नागरिकहरुको गुनासो आएको र धेरै अगाडिदेखि सूचना जारी गरेर जथाभावी व्यापार नगर्न अनुरोध गरेपनि व्यापारीहरुले नमानेपछि हामीले सांकेतिक रुपमा दुईवटा टेन्ट टाँगेर व्यापार गर्ने व्यवसायीहरुको स्थान खाली गरेका छौं । यो अभियान निरन्तर जारी रहन्छ ।’

उनलाई सोधिएको ‘कमजोर आर्थिक अवस्था भएका र त्यही व्यापार गरेर जिविकोपार्जन गर्ने नागरिकहरुलाई विकल्पको रुपमा पालिकाले जागिर दिन्छ त ?’ भन्ने प्रश्नमा पालिकाले त्यसरी व्यवस्थापन गर्न नसक्ने जानकारी गराइन् । उनले भिड भएको त्यही बजारमै व्यापारीहरु बस्न लालायित भएकाले पालिकाले व्यवस्थापन गर्ने ठाउँमा व्यापारीहरु जान राजी नभएको पनि बताइन् ।

यसरी अव्यवस्थित रुपमा सञ्चालनमा रहेका व्यवसायहरुलाई हटाउँदा उनीहरुले सटर भाडामा लिएर व्यवसाय गर्नुपर्ने चौधरीको तर्क छ । कतिपय व्यवसायहरु करको दायरामा नआएका कारण पनि पालिकाले यो एक्सन लिएको चौधरीले स्पष्ट पारिन् ।

अव्यवस्थित व्यवसाय गरिरहेका व्यापारीहरुले सहज तरिकाले आफ्नो व्यपसाय नहटाएपछि ती व्यापारीहरुलाई हटाउन पुगेको चौधरीको टोलीले विभिन्न पसलहरुको अगाडि राखिएका बोर्ड, छाप्रो तथा सडकमा राखिएका ठेलाहरु जफत गरेको थियो ।

अव्यवस्थित व्यवसायको मात्रै किन अनुगमन गर्नुहुन्छ ? उपभोक्ता ठगिएको मूल्यसूची र गुणस्तरको पालिकाले किन अनुगमन नगरेको भन्ने प्रश्नमा उपमेयर चौधरीले उद्योग वाणिज्य संघसहहितको टोलीसँग मूल्यसूची र गुणस्तरको विषयमा पनि अनुगमन हुने जानकारी गराइन् ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology