मेयरसाप

शिक्षा

शिक्षक

कृषि अनुदान

बालमैत्री

रवि लामिछाने

खोटेहाङ गाउँपालिका

स्वास्थ्य क्लिनिक

नेपालगन्ज उपमहानगरपालिका

‘मेयरसँग युवा’

अनुगमन

बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता

साहले फेसबुकमा लेखेका थिए– 'झोले न्यायाधीश'

Mayorsap

आइत, माघ २०, २०८१ | १९:३९ बजे

रौतहट । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवले साहविरुद्ध अदालतको अवहेलनामा कारवाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् ।

 

साहले केही दिनअघि आफ्नो फेसबुकमा  ‘रौतहट जिल्ला अदालतका नेताका झोले न्यायाधीश’ भनेर जिल्ला न्यायाधीशमाथि आरोप लगाएका थिए । यसबाट अदालतको अवहेलना भएको र न्यायाधीशको अपमान गरेको भन्दै मेयर यादवले मुद्दा दर्ता गरेका हुन् ।

 

साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप समेत छ । सांसद साह र मेयर यादवबीच विवाद भइरहेको छ । मेयर यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गरेको आरोपमा साहका कार्यकर्ता गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउन न्यायाधीशले आदेश दिएका थिए ।

 

साहले फेसबुकमा लेखेका छन्– नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेइमान एवं अयोग्य न्यायाधीशहरूलाई छानबिनको दायरमा ल्याउन म सम्माननीय प्रधान न्यायाधीशज्यूको विशेष ध्यानाकर्षण गराउँछु । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology