मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

सखुवा प्रसौनी गाउँपालिका

सम्पादकीय

बटेश्वर गाउँपालिका

खानेपानी

लुम्बिनी सांस्कृतिक नगरपालिका

दक्षिणकालीमा स्कुल बस दुर्घटना

Mayorsap

आइत, माघ २७, २०८१ | १८:१९ बजे

काठमाडौं । काठमाडौंको दक्षिणकाली भन्ज्याङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । ५० विद्यार्थी सवार बस दक्षिणकाली नगरपालिकाकै जुनकिरी स्कुलको रहेको प्रहरीले जनाएको छ ।

 

बसका चालकको घटनास्थलमै ज्यान गएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बताए । विद्यार्थीलाई घर लैजाँदै गरेको बा १ क ५६६४ नम्बरको स्कूल बस आइतबार अपराह्न दुर्घटना भएको हो । बसमा ५० विद्यार्थी सवार थिए ।

 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जयकुमार रावतका अनुसार बस सडकबाट केही तल खसेको छ । स्कूल छुट्टी भएपछि विद्यार्थीलाई घर पुर्‍याउने क्रममा बस दुर्घटनामा परेको हो । बसमा सवार २५ जना घाइते भएका छन् । घाइतेमध्ये केही विद्यार्थीको अवस्था गम्भीर रहेको जनाइएको छ ।


अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology