मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

सिद्धिचरण नगरपालिका

चिरिबाबु महर्जन

तिलागुफा नगरपालिका

सूर्योदय नगरपालिका

शिक्षक

मुटुरोग विशेषज्ञ डा. अवनिभूषणको ‘मान्छेको मुटु’ सार्वजनिक

Mayorsap

आइत, माघ २७, २०८१ | १८:१० बजे

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक गरिएको छ ।

 

आज यहाँ आयोजित समारोहमा पुस्तकका प्रकाशक इदा उपाध्याय, वरिष्ठ फिजिसियन डा. सत्यनारायण सुवाल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रत्नमणि गजुरेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी, साहित्यकार राजेन्द्र थापा, लेखक तथा सम्पादक लक्ष्मण अधिकारीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

 

डा. रेग्मीले मुटुसँग सम्बन्धित वैज्ञानिक, प्राविधिक, आध्यात्मिक, भावनात्मक सबै पाटो जोडिएर पुस्तक लेखिएको बताउनुभयो । उनले भने, “जीवनको सुरुआत नै मुटुको धड्कनबाट हुन्छ र अन्त्य पनि यसैबाट । पुस्तकमा मुटुबारे विविध जानकारी हुनाका साथै मन र आत्माबारे चर्चा छ । प्रश्नोत्तर शैलीमा लेखिएको पुस्तक रोचक छ ।”

 

साहित्यकार थापाले पुस्तकले आमपाठकले बुझ्ने गरी मुटुसम्बन्धी सरल भाषामा जानकारी प्रस्तुत गरिएको बताए । उनले पुस्तकले मेडिकलभन्दा पनि आममानिसका मुटुसम्बन्धी जिज्ञासालाई प्रश्नोत्तरमार्फत मनका कुरा रोचक ढङ्गले लेखिएको र यो सबैका लागि उपयोगी भएको बताए ।

 

गैरआख्यान विधाको यो पुस्तक ३१० पृष्ठको छ । साढे चार दशकदेखि मुटु उपचार संलग्न डा‍‍. उपाध्यायको यसअघि ‘मुटुसँग सहयात्रा’ नामक पुस्तक प्रकाशन भइसकेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology