मेयरसाप

गोदावरी नगरपालिका

विराटनगर महानगरपालिका

औद्योगिक ग्राम

बेनी नगरपालिका

सूर्योदय नगरपालिका

अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी

Mayorsap

शुक्र, फागुन २, २०८१ | २१:५८ बजे

झापा । विर्तामोडस्थित डोमालाल रंगशालामा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका विजयी बनेको छ । आज भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४–३ गोलले पराजित गर्दै कन्काई विजयी बनेसँगै फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।

 

कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, सुशीला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।

 

खेलको प्लेयर अफ दी म्याच कन्काइकी सुशीला चौधरी घोषित हुँदै नगद रु  पाँच हजार पाउन सफल भइन् । शनिबार अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद रु तीन लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद रु एक लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology